Wednesday, March 11, 2020

यात्राको संझना !



यात्राको संझना
हाल म अध्ययनरत छोन्बुक राष्ट्रिय विश्वविद्यालय, जन्जु, दक्षिण कोरिया बाट दक्षिण कोरियाकै अर्को शहर योसु सम्मको दुई घण्टाको यात्रामा मेरो मानस पटलमा धेरै कुरा खेल्यो र लेख्दा सम्म खेलिरहेको छ । म आज भन्दा पहिला यस्तो यात्रा स्मरण लेखेको पनि थिएन तर आज न लेखि मनले मानी रहेको छैन । मेरो नेपाली भाषा पनि त्यस्तो सुद्ध पनि हुदैन, त्यो मलाई थाहा छ । तैपनि जस्तो सुकै भएपनि लेखेर आफ्नो मन भाडास पोख्दै छु । किनभने फुर्सत पनि छ, तर पढ्नलाई साथीहरु लाई फुर्सत छ कि छैन मलाई थाहा छैन ।

जन्जुबाट यात्रा प्रारम्भ गर्दा पहाडै पहाड़ भएर सडकको संजाल रहेको छ । लाग्थ्यो काठमाडौँ बाट पोखरा गईरहेको तर फरक यति थियो कि सडकको बनावट । हाम्रो देश नेपालमा एक लेनको साँगुरो सडक नदीको किनारै किनार नागबेली आकार मै बनाउनु पर्छ भने जस्तो मान्यता रहेको पाइन्छ । तर यहाँ सडक भनेको कम्तीमा २-३ लेनको एक तर्फी सिधा हुनुपर्छ, चाहे बीचमा जंगल आयोस कि पहाड आओस, बाटो लगभग १८० डिग्रीको कोण र एकतर्फी हुनैपर्ने । आजको दुई घण्टाको यात्रामा हरेक १० देखि १५ मिनेटमा पहाड़ आऊथियो तर सडक सिधै हुन्थ्यो । पहाड़मा प्वाल गरेर टनेल बनाएको चाहे त्यो ५ मिटर होस् कि १ किलोमिटर किन न होस् तर सडक बाङ्गो थिएन । सडक नदीको किनारै किनार हुने त कुरै थिएन । त्यस्तो सडकमा दुर्घटनाको त सम्भावना हुने कुरै भएन ।

अनि हाम्रो देशको सडकलाई सम्झे अनि हाम्रो देशको प्राबिधिकहरुलाई सम्झे, के सम्झेर सम्भाव्यता अध्ययन गर्छ होला? खाली बजेटको अभाबलाई मात्रै हेर्ने कि मानब जिबनको महत्वलाई पनि हेर्ने ? बरु सडक बन्दैन भने न बनोस तर दैनिक रुपमा अनाहकमा मान्छे मार्ने सडक चाहि न बनाओस ।

थुप्रै प्राबिधिक, नीति निर्माता, उच्च ओहदामाबस्ने कर्मचारी, नेताहरु विदेश भ्रमणमा गएर यस्ता संरचना न हेरेका पकै छैन होला । तै पनि हाम्रो देशमा पनि यस्ता सडकहरु बन्दैन । अब भविस्यमा बन्ने सडकको सम्भाव्यता अध्ययन राम्रो संग होस् र त्यही अनुरुप सडक निर्माण होस् । सडक चाही मान्छे मार्ने उध्योग न होस् भने आशा गर्नु बाहेक अरु के नै गर्न सकिन्छ र ।
धन्यवाद !


No comments:

Post a Comment

Research Article: Simulation–Based Optimization of Graphene Oxide Interfacial Layers in Heterojunction Germanium Solar Cells Using PC1D

Research article: Cite this article: Shah, D. K. Shah, Naim, H., Bouadi, A., Umar, A., Baskoutas, S.   and Akhtar, M. S. 2025 .   Simulation...