Wednesday, March 11, 2020

यात्राको संझना !



यात्राको संझना
हाल म अध्ययनरत छोन्बुक राष्ट्रिय विश्वविद्यालय, जन्जु, दक्षिण कोरिया बाट दक्षिण कोरियाकै अर्को शहर योसु सम्मको दुई घण्टाको यात्रामा मेरो मानस पटलमा धेरै कुरा खेल्यो र लेख्दा सम्म खेलिरहेको छ । म आज भन्दा पहिला यस्तो यात्रा स्मरण लेखेको पनि थिएन तर आज न लेखि मनले मानी रहेको छैन । मेरो नेपाली भाषा पनि त्यस्तो सुद्ध पनि हुदैन, त्यो मलाई थाहा छ । तैपनि जस्तो सुकै भएपनि लेखेर आफ्नो मन भाडास पोख्दै छु । किनभने फुर्सत पनि छ, तर पढ्नलाई साथीहरु लाई फुर्सत छ कि छैन मलाई थाहा छैन ।

जन्जुबाट यात्रा प्रारम्भ गर्दा पहाडै पहाड़ भएर सडकको संजाल रहेको छ । लाग्थ्यो काठमाडौँ बाट पोखरा गईरहेको तर फरक यति थियो कि सडकको बनावट । हाम्रो देश नेपालमा एक लेनको साँगुरो सडक नदीको किनारै किनार नागबेली आकार मै बनाउनु पर्छ भने जस्तो मान्यता रहेको पाइन्छ । तर यहाँ सडक भनेको कम्तीमा २-३ लेनको एक तर्फी सिधा हुनुपर्छ, चाहे बीचमा जंगल आयोस कि पहाड आओस, बाटो लगभग १८० डिग्रीको कोण र एकतर्फी हुनैपर्ने । आजको दुई घण्टाको यात्रामा हरेक १० देखि १५ मिनेटमा पहाड़ आऊथियो तर सडक सिधै हुन्थ्यो । पहाड़मा प्वाल गरेर टनेल बनाएको चाहे त्यो ५ मिटर होस् कि १ किलोमिटर किन न होस् तर सडक बाङ्गो थिएन । सडक नदीको किनारै किनार हुने त कुरै थिएन । त्यस्तो सडकमा दुर्घटनाको त सम्भावना हुने कुरै भएन ।

अनि हाम्रो देशको सडकलाई सम्झे अनि हाम्रो देशको प्राबिधिकहरुलाई सम्झे, के सम्झेर सम्भाव्यता अध्ययन गर्छ होला? खाली बजेटको अभाबलाई मात्रै हेर्ने कि मानब जिबनको महत्वलाई पनि हेर्ने ? बरु सडक बन्दैन भने न बनोस तर दैनिक रुपमा अनाहकमा मान्छे मार्ने सडक चाहि न बनाओस ।

थुप्रै प्राबिधिक, नीति निर्माता, उच्च ओहदामाबस्ने कर्मचारी, नेताहरु विदेश भ्रमणमा गएर यस्ता संरचना न हेरेका पकै छैन होला । तै पनि हाम्रो देशमा पनि यस्ता सडकहरु बन्दैन । अब भविस्यमा बन्ने सडकको सम्भाव्यता अध्ययन राम्रो संग होस् र त्यही अनुरुप सडक निर्माण होस् । सडक चाही मान्छे मार्ने उध्योग न होस् भने आशा गर्नु बाहेक अरु के नै गर्न सकिन्छ र ।
धन्यवाद !


समयको मह्त्व !


                                   समयको मह्त्व !
नियमित समयमा नियमित रुपमा हप्ताको एकदिन २ देखि ५ बजे सम्म कक्षा लिनुहुने एकजना प्राध्यापकले आजको कक्षा सकाएर, अर्को हप्ता बिशेष कामले अलि ढिलो हुन्छ, भनेर कतिबजे कक्षा शुरुगर्ने भनेर हामीलाई सोध्नुभयो ? फेरी एकै छिनमा सोध्नुभयो - ३ बजे देखि कति बजे सम्म ......? मैले प्वाक्क ५ बजे सम्म भनिहाले, पुरैकक्षा गलल्ल हाँसे । अनि प्राध्यापकले मलाई सोध्नुभयो - From which country you are ? जबकी कक्षामा ४-५ देशका विद्यार्थीहरु छन् । अनि म लाजले भुतुक्कै हुदै मनमनै सोचे अलिकति समयको पनि कति मह्त्व दिने रैछ ? मैले त मनमनै सोचेको थिए - २ चोटीको break नगर्ने हो भन्ने ३ बजे देखि ५ बजे सम्ममा कक्षा सकाउन सकिन्छ भनेर । प्राध्यापकले मेरो बारेमा सोध्न छोडेर देशकै बारेमा सोच्दो रैछ । हामीले कहिले समयलाई त्यति महत्व दिने ...........?

Monday, March 9, 2020

ब्यस्त डाक्टरको लापरबाही – लघुकथा (सत्य घटनामा आधारित)

ब्यस्त डाक्टरको लापरबाही – लघुकथा

डाक्टरले कुरुवालाई भन्छ – “अप्रेशन गर्न कम्तिमा तिन घण्टा लाग्छ, भोलि ८ बजे देखि ११ बजे सम्म अप्रेसन हुन्छ, operation charge मा discount हुदैन, तयारी भएर बस्नू ! ” भोलि पल्ट कुरुवा बिहानै देखि तयारी अवस्थामा हुन्छ, ८:३० बजे सम्म बिरामीलाई अप्रेसन कक्षमा न लगेपछी, कुरुवाले नर्सलाई सोध्छ, “सिस्टर अप्रेसन कति बेला हुन्छ ? ” नर्सको जबाब आउछ, “डाक्टर-साब आउनुभएको छैन, आएपछि OT (Operation Theater) मा लाने हो !” एक छिनपछी OT बाट फोन आउछ र ८:४५ मा बिरामीलाई OT मा लग्छ ! नर्सले भने-अनुसार कुरुवाले ९:०० बजे तिर फार्मेसीबाट औसधि लगेर OT मा दिन्छ ! बिरामीलाई anesthesia दिएर बेहोस पारेपछि, नर्सले डाक्टरलाई फोन गरेर OT मा कतिबेला आउनुहुन्छ भनेर सोध्छ ! डाक्टरले अर्को होसपिटलको नाम लिदै, यहाँ सक्यो, निस्कीहाले, बाटोमा छु, भनेर जबाब आउछ ! यसको लगभग १ (एक) घण्टा पछी अर्थात् १०.०० बजे तिर डाक्टर होसपिटलको ढोकामा छिर्छ र कुरुवालाई भेट्छ र हतार-हतारमा सोध्छ बिरामीलाई OT मा लग्यो ? जबाब न सुन्दै हतारहतार OT मा जान्छ ! कुरुवा त आश्चर्य चकित भएर अक्-न-बक हुन्छ ! त्यसको १ घन्टापछी डाक्टर OT बाट बाहिर आएर कुरुवालाई भेट्छ र बधाई दिदै भन्छ, “ राम्रो संग अप्रेसन गर्दिए, म यहि छु, केहि भयो भने मलाई भेट्नु !” कुरुवाले हस् धन्यबाद टक्र्याउछ !

Design optimization of InGaP active layers and multilayer antireflection coatings for enhanced quantum efficiency

Design Optimization of InGaP Active Layers and Multilayer Antireflection Coatings for Enhanced Quantum Efficiency Authors:  Houcine Naim , D...