समयको मह्त्व !
नियमित समयमा नियमित रुपमा हप्ताको एकदिन २ देखि ५ बजे सम्म कक्षा लिनुहुने एकजना प्राध्यापकले आजको कक्षा सकाएर, अर्को हप्ता बिशेष कामले अलि ढिलो हुन्छ, भनेर कतिबजे कक्षा शुरुगर्ने भनेर हामीलाई सोध्नुभयो ? फेरी एकै छिनमा सोध्नुभयो - ३ बजे देखि कति बजे सम्म ......? मैले प्वाक्क ५ बजे सम्म भनिहाले, पुरैकक्षा गलल्ल हाँसे । अनि प्राध्यापकले मलाई सोध्नुभयो - From
which country you are ? जबकी कक्षामा ४-५ देशका विद्यार्थीहरु छन् । अनि म लाजले भुतुक्कै हुदै मनमनै सोचे अलिकति समयको पनि कति मह्त्व दिने रैछ ? मैले त मनमनै सोचेको थिए - २ चोटीको break
नगर्ने हो भन्ने ३ बजे देखि ५ बजे सम्ममा कक्षा सकाउन सकिन्छ भनेर । प्राध्यापकले मेरो बारेमा सोध्न छोडेर देशकै बारेमा सोच्दो रैछ । हामीले कहिले समयलाई त्यति महत्व दिने
...........?
No comments:
Post a Comment