ब्यस्त डाक्टरको लापरबाही – लघुकथा
डाक्टरले कुरुवालाई भन्छ – “अप्रेशन गर्न कम्तिमा तिन घण्टा लाग्छ, भोलि ८ बजे देखि ११ बजे सम्म अप्रेसन हुन्छ, operation charge मा discount हुदैन, तयारी भएर बस्नू ! ” भोलि पल्ट कुरुवा बिहानै देखि तयारी अवस्थामा हुन्छ, ८:३० बजे सम्म बिरामीलाई अप्रेसन कक्षमा न लगेपछी, कुरुवाले नर्सलाई सोध्छ, “सिस्टर अप्रेसन कति बेला हुन्छ ? ” नर्सको जबाब आउछ, “डाक्टर-साब आउनुभएको छैन, आएपछि OT (Operation Theater) मा लाने हो !” एक छिनपछी OT बाट फोन आउछ र ८:४५ मा बिरामीलाई OT मा लग्छ ! नर्सले भने-अनुसार कुरुवाले ९:०० बजे तिर फार्मेसीबाट औसधि लगेर OT मा दिन्छ ! बिरामीलाई anesthesia दिएर बेहोस पारेपछि, नर्सले डाक्टरलाई फोन गरेर OT मा कतिबेला आउनुहुन्छ भनेर सोध्छ ! डाक्टरले अर्को होसपिटलको नाम लिदै, यहाँ सक्यो, निस्कीहाले, बाटोमा छु, भनेर जबाब आउछ ! यसको लगभग १ (एक) घण्टा पछी अर्थात् १०.०० बजे तिर डाक्टर होसपिटलको ढोकामा छिर्छ र कुरुवालाई भेट्छ र हतार-हतारमा सोध्छ बिरामीलाई OT मा लग्यो ? जबाब न सुन्दै हतारहतार OT मा जान्छ ! कुरुवा त आश्चर्य चकित भएर अक्-न-बक हुन्छ ! त्यसको १ घन्टापछी डाक्टर OT बाट बाहिर आएर कुरुवालाई भेट्छ र बधाई दिदै भन्छ, “ राम्रो संग अप्रेसन गर्दिए, म यहि छु, केहि भयो भने मलाई भेट्नु !” कुरुवाले हस् धन्यबाद टक्र्याउछ !
No comments:
Post a Comment