Wednesday, March 11, 2020

यात्राको संझना !



यात्राको संझना
हाल म अध्ययनरत छोन्बुक राष्ट्रिय विश्वविद्यालय, जन्जु, दक्षिण कोरिया बाट दक्षिण कोरियाकै अर्को शहर योसु सम्मको दुई घण्टाको यात्रामा मेरो मानस पटलमा धेरै कुरा खेल्यो र लेख्दा सम्म खेलिरहेको छ । म आज भन्दा पहिला यस्तो यात्रा स्मरण लेखेको पनि थिएन तर आज न लेखि मनले मानी रहेको छैन । मेरो नेपाली भाषा पनि त्यस्तो सुद्ध पनि हुदैन, त्यो मलाई थाहा छ । तैपनि जस्तो सुकै भएपनि लेखेर आफ्नो मन भाडास पोख्दै छु । किनभने फुर्सत पनि छ, तर पढ्नलाई साथीहरु लाई फुर्सत छ कि छैन मलाई थाहा छैन ।

जन्जुबाट यात्रा प्रारम्भ गर्दा पहाडै पहाड़ भएर सडकको संजाल रहेको छ । लाग्थ्यो काठमाडौँ बाट पोखरा गईरहेको तर फरक यति थियो कि सडकको बनावट । हाम्रो देश नेपालमा एक लेनको साँगुरो सडक नदीको किनारै किनार नागबेली आकार मै बनाउनु पर्छ भने जस्तो मान्यता रहेको पाइन्छ । तर यहाँ सडक भनेको कम्तीमा २-३ लेनको एक तर्फी सिधा हुनुपर्छ, चाहे बीचमा जंगल आयोस कि पहाड आओस, बाटो लगभग १८० डिग्रीको कोण र एकतर्फी हुनैपर्ने । आजको दुई घण्टाको यात्रामा हरेक १० देखि १५ मिनेटमा पहाड़ आऊथियो तर सडक सिधै हुन्थ्यो । पहाड़मा प्वाल गरेर टनेल बनाएको चाहे त्यो ५ मिटर होस् कि १ किलोमिटर किन न होस् तर सडक बाङ्गो थिएन । सडक नदीको किनारै किनार हुने त कुरै थिएन । त्यस्तो सडकमा दुर्घटनाको त सम्भावना हुने कुरै भएन ।

अनि हाम्रो देशको सडकलाई सम्झे अनि हाम्रो देशको प्राबिधिकहरुलाई सम्झे, के सम्झेर सम्भाव्यता अध्ययन गर्छ होला? खाली बजेटको अभाबलाई मात्रै हेर्ने कि मानब जिबनको महत्वलाई पनि हेर्ने ? बरु सडक बन्दैन भने न बनोस तर दैनिक रुपमा अनाहकमा मान्छे मार्ने सडक चाहि न बनाओस ।

थुप्रै प्राबिधिक, नीति निर्माता, उच्च ओहदामाबस्ने कर्मचारी, नेताहरु विदेश भ्रमणमा गएर यस्ता संरचना न हेरेका पकै छैन होला । तै पनि हाम्रो देशमा पनि यस्ता सडकहरु बन्दैन । अब भविस्यमा बन्ने सडकको सम्भाव्यता अध्ययन राम्रो संग होस् र त्यही अनुरुप सडक निर्माण होस् । सडक चाही मान्छे मार्ने उध्योग न होस् भने आशा गर्नु बाहेक अरु के नै गर्न सकिन्छ र ।
धन्यवाद !


समयको मह्त्व !


                                   समयको मह्त्व !
नियमित समयमा नियमित रुपमा हप्ताको एकदिन देखि बजे सम्म कक्षा लिनुहुने एकजना प्राध्यापकले आजको कक्षा सकाएर, अर्को हप्ता बिशेष कामले अलि ढिलो हुन्छ, भनेर कतिबजे कक्षा शुरुगर्ने भनेर हामीलाई सोध्नुभयो ? फेरी एकै छिनमा सोध्नुभयो - बजे देखि कति बजे सम्म ......? मैले प्वाक्क बजे सम्म भनिहाले, पुरैकक्षा गलल्ल हाँसे अनि प्राध्यापकले मलाई सोध्नुभयो - From which country you are ? जबकी कक्षामा - देशका विद्यार्थीहरु छन् अनि लाजले भुतुक्कै हुदै मनमनै सोचे अलिकति समयको पनि कति मह्त्व दिने रैछ ? मैले मनमनै सोचेको थिए - चोटीको break नगर्ने हो भन्ने बजे देखि बजे सम्ममा कक्षा सकाउन सकिन्छ भनेर प्राध्यापकले मेरो बारेमा सोध्न छोडेर देशकै बारेमा सोच्दो रैछ हामीले कहिले समयलाई त्यति महत्व दिने ...........?

Monday, March 9, 2020

ब्यस्त डाक्टरको लापरबाही – लघुकथा (सत्य घटनामा आधारित)

ब्यस्त डाक्टरको लापरबाही – लघुकथा

डाक्टरले कुरुवालाई भन्छ – “अप्रेशन गर्न कम्तिमा तिन घण्टा लाग्छ, भोलि ८ बजे देखि ११ बजे सम्म अप्रेसन हुन्छ, operation charge मा discount हुदैन, तयारी भएर बस्नू ! ” भोलि पल्ट कुरुवा बिहानै देखि तयारी अवस्थामा हुन्छ, ८:३० बजे सम्म बिरामीलाई अप्रेसन कक्षमा न लगेपछी, कुरुवाले नर्सलाई सोध्छ, “सिस्टर अप्रेसन कति बेला हुन्छ ? ” नर्सको जबाब आउछ, “डाक्टर-साब आउनुभएको छैन, आएपछि OT (Operation Theater) मा लाने हो !” एक छिनपछी OT बाट फोन आउछ र ८:४५ मा बिरामीलाई OT मा लग्छ ! नर्सले भने-अनुसार कुरुवाले ९:०० बजे तिर फार्मेसीबाट औसधि लगेर OT मा दिन्छ ! बिरामीलाई anesthesia दिएर बेहोस पारेपछि, नर्सले डाक्टरलाई फोन गरेर OT मा कतिबेला आउनुहुन्छ भनेर सोध्छ ! डाक्टरले अर्को होसपिटलको नाम लिदै, यहाँ सक्यो, निस्कीहाले, बाटोमा छु, भनेर जबाब आउछ ! यसको लगभग १ (एक) घण्टा पछी अर्थात् १०.०० बजे तिर डाक्टर होसपिटलको ढोकामा छिर्छ र कुरुवालाई भेट्छ र हतार-हतारमा सोध्छ बिरामीलाई OT मा लग्यो ? जबाब न सुन्दै हतारहतार OT मा जान्छ ! कुरुवा त आश्चर्य चकित भएर अक्-न-बक हुन्छ ! त्यसको १ घन्टापछी डाक्टर OT बाट बाहिर आएर कुरुवालाई भेट्छ र बधाई दिदै भन्छ, “ राम्रो संग अप्रेसन गर्दिए, म यहि छु, केहि भयो भने मलाई भेट्नु !” कुरुवाले हस् धन्यबाद टक्र्याउछ !

Research Article: Simulation–Based Optimization of Graphene Oxide Interfacial Layers in Heterojunction Germanium Solar Cells Using PC1D

Research article: Cite this article: Shah, D. K. Shah, Naim, H., Bouadi, A., Umar, A., Baskoutas, S.   and Akhtar, M. S. 2025 .   Simulation...