मनोबाद
बिध्याबारिधि अध्ययन र गैरआवासीय नेपाली संघ
नेपालमा बिभिन्न शिक्षण संघ-संस्था वा अनुसन्धान केन्द्रहरुमा अध्ययन-अनुसन्धान वा अध्यापन-प्राध्यापनमा लागेर आफ्नो र आफ्नो-परिवारको दैनिक जिबन यापन गरिरहेका हरेक सु-शिक्षित व्यक्तिहरुमा बिध्याबारिधि सम्मको अध्ययन पुरा गर्नु र नामको अगाडी डा. लेखाउने चाहना नहुने बिरलै पाईएला । मेरो पनि ईच्छा थियो, तर ईच्छा-चाहना हुदैमा सबैको ईच्छा पुरा हुन्छ भने छैन, ईच्छा पुरा हुन् कि त त्यो व्यक्ति अति विलक्षण प्रतिभाबाण हुनुपर्छ, या त आफ्नो चिनजानको नातेदार व्यक्ति कुनै बिश्वबिद्यालयमा अध्ययन गरिरहेको हुनुपर्छ । म त्यो दुवै प्रकारमा परिन् कि जस्तो लाग्छ । मेरो पनि बिध्याबारिधि सम्मको अध्ययन पुरा गर्ने चाहना वा इच्छा हुनु अस्वाभाविक थिएन । म सानै देखि पढ्नमा अब्बल नै भएकोले बिध्याबारिधि सम्मको पढाई गर्ने कुरामा आफु सहित परिबारका अन्य सदस्यहरुमा पनि आकांक्षा थिए । तर सोचाई र बास्तबिकता त्यति सजिलो नहुने रैछ । कोई-कोई व्यक्ति त सार्है भाग्यमानी हुन्छन, ईच्छा गर्ना साथ् पुरा भएको उदाहरण आफैले प्रत्यक्ष रुपमा देखेको छु, जसरी मैले एस.एल.सी. पछीको “इन्टर-मिडीएट” लेभलको कोर्समा नेपाल-परिचय बिषयमा पढेको थिए । तत्कालिन बडामहाराजधिराज पृथ्बी नारायण शाहलाई बाबा गोरखनाथको बरदान दिएको थियो रे “जुन राज्यको जमिनमा खुट्टा टेक्छौ, त्यो राज्य तिम्रो हुनेछ ।” दुर्भाग्य ! म त्यसमा पनि परिन् ! तर मैले इच्छा मात्रै गरिन्, बिध्याबारिधि अध्ययनको लागि सम्भब भए सम्म धेरै कोशिस पनि गरे, तर सधै असफलता नै हात लाग्यो । प्रायः बिध्याबारिधि अध्ययनको लागि हरेक व्यक्तिको पहिलो रोजाई अमेरिका, क्यानाडा, अष्ट्रेलिया जस्तै अन्य इंगलिस कन्ट्री हुनेगर्छ, मेरो पनि त्यस्तो रोजाई नहुने कुरै थिएँन । त्यतिबेला दक्षिण कोरिया बारेमा सुनेको पनि थिएन । मेरो आफ्नै वा परिबारिक कारणले गर्दा बिध्याबारिधि अध्ययनको चाहना झन्डै सपना मै सिमित हुने स्थिति आईसकेको थियो । मैले नेपाल बिज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिष्ठान (नास्ट) मा लगभग ११ बर्षे सेबा कालमा स्नाकोत्तरको दुईवटा डिग्री (भौतिक शास्त्र र नाबिकरनिय उर्जामा इन्जिनियरिंग) हुँदाहुँदै, बिध्याबारिधिको डिग्री नभएकै कारण जिबनमा धेरै उतार-चडाभको स्थिति भोग्न बाध्य भए, त्यस सेबा अबधिमा केहि राम्रा देखि अत्यन्त नराम्रा अनुभूति सम्म भोग्ने स्थिति आयो । ति अनुभूतिहरुको बर्णन गर्न शब्दहरु पनि अप्रयाप्त हुने जस्तो मलाई लागिरहेको छ । त्यस सेबा कालमा राम्रा अनुभूति थोरै र क्षणिक रह्यो तर नराम्रा अनुभूतिहरु जिबनभर नबिर्सिने खालका छन्, ति नराम्रा अनुभूतिहरुको मुख्य जिम्मेबार आफु सहित नास्टका अन्य कु:ख्यात दुष्टहरु पनि छन्, जसले अरुको “खुट्टा-पछाडी-तान्ने” खेल खेलेर अति रोमान्चित हुने सवाभाबका छन् ! त्यसको धेरै चर्चा नगरौ, चर्चा गर्नु आबश्यक पनि छैन । मुख्य कुरामा जाउ ।
बिध्याबारिधि
अध्ययनको चाहना गर्दागर्दै मेरो उमेरले डाडो काट्दै थियो, पछी त डाडा काटेर फेद
सम्म नै पुग्यो । अनि आफ्नो बिध्याबारिधि
अध्ययनको सपना तुहिएको जस्तो लाग्न थाल्यो, अब आफ्नो भाबी पुस्ताले त्यो ईच्छा
पुरा गर्छ कि भनेर आफ्नै मनलाई जबर्जस्ती बुझाएर शान्त पारे । जसरी हिन्दी कथानक
चलचित्र “३-इडियट” मा नायकले “अल-ईज-वेल, अल-ईज-वेल” भन्छ, त्यसै गरि मैले पनि मन-मनै “अल-ईज-वेल”
भनेर आफैले आफैलाई बुझाए । अब आफ्नो भाग्यमा अध्ययन यति सम्म नै
रहेछ भनेर आफुलाई सन्तोष गरे । समय बित्दै जादा नास्टको सेबा-कालमा म
माथि अर्को बज्र-प्रहार भयो । म भन्दा धेरै
कनिष्ट (मैले पढाएका बिद्यार्थी सरह) व्यक्ति बिध्याबारिधि गरेर मेरै सहकर्मी बन्न
आईपुगे । त्यसपछि मेरो मनमा के
बिच्च्लन आएको होला जो कोहिले पनि अनुमान गर्न सक्छ । आफ्नै सहकर्मी (बिध्याबारिधि गरेको) कुनै सार्बजनिक कार्यक्रममा पाउने सम्मानले
आफुले आफैलाई गिजोलेकै अनुभब गर्थे । कुनै बेला त नास्टबाट
राजिनामा समेत गर्ने मनमा भावना आउथ्यो तर त्यो सम्भव थिएँन, “मर्ता क्या नही
कर्ता” । जागिर छोडे भने अर्को
ठाँउमा यस्तै जागिर पाउन पनि फेरी मन्त्रि कै मान्छे हुनुपर्छ, त्यो पनि मेरो
दुर्भाग्य, कोई मन्त्रि त के संसद संग पनि चिनजान थिएन । अनि अपमान सहेर नै
सहकार्य गर्ने बाहेक अरु कुनै उपाय थिएन । नास्टको सेबा-कालमा समय-समयमा गैरआवासीय नेपाली संघले गरेको कार्यहरु बारे समाचारमा सुन्थे,
आफुलाई पनि गैरआवासीय नेपाली बनेर अरुलाई धाक देखाउने भावना मनमा
नआएको होइन, तर ईच्छा भएर मात्रै हुने भए त के के गरिन्थ्यो ।
समय बित्दै जादा
दक्षिण कोरियाबाट एक जना अग्रज, असल, विद्वान व्यक्ति बिध्याबारिधि गरेर नास्टमा आउनु
भयो र संगै काम गर्ने मौका पनि मिल्यो । मेरो मानसिक तनाव बुझेर अग्रजले फेरी
एकचोटी प्रयास गर्न सुझाव दिनुभयो र वहा कै आग्रह अनुसार फेरी एकचोटी दक्षिण
कोरियाका बिभिन्न बिश्वबिद्यालयहरुमा धेरै प्रोफेसरहरुलाई आफ्नो बायोडाटा सहित
बिध्याबारिधि अध्ययनका लागी अनुरोध सहित ईमेल पठाए । तर कुनै प्रोफेसरले रिप्लाई समेत गरेनन । अन्त्यमा अग्रज सरले समेत आफ्नै प्रोफेसरलाई मेरो बायोडाटा सहित बिध्याबारिधि
अध्ययनका लागी आग्रह गरेर ईमेल पठाउनुभयो । तर परिणाम उही –
सुन्य ।
तर भाग्यमा बिध्याबारिधि
गर्न लेखेकै रहेछ कि क्या हो ? भन्छन नि “समय से पहले और भाग्य के ज्यादा कभी
किसीको नही मिलता ।” मेरो पनि त्यस्तै भयो । उमेरले डाडा काटेर फेदमा पुगेकोले पनि बाधा पुर्याउन सकेन,
अनन्त बिध्याबारिधि अध्ययनको लागि ईस्बी सम्बत २०१७ मा दक्षिण कोरिया आईपुगियो । मैले त्यो मौका पाउनु “कोईका-नास्ट-सी.बी.एन.यू” (सी.बी.एन.यू.
हालको जे.बी.एन.यू.) द्वारा संयुक्त रुपमा संचालित एउटा नाबिकरनिय सम्बन्धी
परियोजना कै फलाउट नै हो । त्यही परियोजनाको
घस्निष्ट मित्रतापूर्ण सम्बन्धले निकट भविष्यमा नेपालको सौर्यउर्जा क्षेत्रमा
महत्वपूर्ण योगदान गर्ने सहितको फेरी अर्को ठुलो परियोजना प्रारम्भ हुनेमा पनि आशाबादी
र बिश्वस्थ छु । बिध्याबारिधि अध्ययनको लागि दक्षिण कोरिया आएको एक महिना भित्रै धेरै ठाउँहरु घुमियो, त्यही क्रममा आफ्नै प्रोफेसर सितै
“योसु” घुम्ने मौका पनि मिल्यो । योसुको यात्रा
क्रममा दक्षिण कोरियाको सडक-संजाल, भूमिगत-सडक (टनेल-रोड),
ट्राफिक-पुलिस र यातायात-ब्यबस्था हेरेर अति नै प्रभावित भए, मन-मनै नेपालको ति
अबस्था सित दाँजे र देशका नेताहरुलाई धिक्कारे । सबैलाई थाहा भएकै कुरा
हो, ६ दसक आगाडी बिकासको सन्दर्भमा नेपाल र दक्षिण कोरियाको स्थिति उस्ता-उस्तै थियो । कुनै समयमा दक्षिण कोरियामा भोकमरी हुदा नेपाल सरकारबाट सहयोग
सवरूप चामल तथा अन्य खाद्य सामग्री प्राप्त भएको कुरा यहाका विद्वानले म संगैको
कुरामा स्वीकार गरेका छन् । तर हालको स्थितिमा नेपालको युबाहरुको लागि दक्षिण कोरिया उर्बर श्रम-बाजार भएको छ । लाखौ नेपाली
युबाहरु दक्षिण कोरियामा पसिना बगाउँन लालायित हुने स्थिति सृजना भएको छ । आज यस्तो स्थिति सम्झेर आफैलाई लाज लागेर आउछ, तर नेपालका
विशिष्टहरुलाई लाज-सरम लाग्छ कि लाग्दैन, भन्न गार्हो छ । त्यो बेलाको यात्राको क्रममा मनमा उठेका थुप्रै उकुसमुकुसलाई शब्दमा बर्णन गरेर आफ्नो पहिलो “यात्रा-स्मरण” लेखेर फेसबुकमा पनि पोस्ट गरे र
त्यो पोस्टबाट धेरै साथीहरुबाट प्रसंशा पनि पाए । त्यही पोस्टलाई मैले
आफ्नो व्यक्तिगत ब्लग (https://dkshah149.blogspot.com/) मा पनि संचित गरेर राखेको छु ।
यतिकैमा एउटा अध्याय अन्त्य गर्दै अर्को अध्यायमा गैरआवासीय नेपाली संघ दक्षिण कोरियाको राष्ट्रिय महाधिवेशन सम्वन्धि केहि अनुभब साट्न चाहन्छु । जसरी मैले पहिलो अध्यायमा उल्लेख गरे अनुसार गैरआवासीय नेपाली संघको कार्य बारे रुची र जानकारी राख्ने ईच्छा बारे उल्लेख गरेको छु, त्यसै गरि दक्षिण कोरिया आउने बितिकै गैरआवासीय नेपाली संघको हरेक क्रियाकलापहरुको फेसबुकबाटै जानकारी, चासो राख्ने गर्न थाले र सम्बन्धित व्यक्तिहरुलाई फेसबुकबाटै फ्रेन्ड रिक्वेस्ट पनि पठाउथे, प्रायः एसेप्ट पनि हुन्थ्यो र खुशी लाग्थ्यो । हालैको गैरआवासीय नेपाली संघ दक्षिण कोरिया राष्ट्रिय महाधिवेशन (२०२१) मा बिद्यार्थीहरुले पनि मतदान गर्ने अबसर पाउने कुराले खुशी थिए । नजिकको साथीहरु र फेसबुकबाटै पाएको जानकारी अनुसार “स्मार्ट एन-आर-एन-ए” मोबाईल एपबाट मतदान गर्न पाउने र स्पोन्सर भएकोले रेजिस्त्रेसन शुल्क पनि तिर्नु न पर्ने कुरा सुनियो । मैले र मेरो साथीले एकै दिन उक्त एप डाउनलोड गर्यौ र चाहिने सम्पूर्ण व्यक्तिगत बिबरण भरेर सब्मिट गर्यौ ।
केहि दिन पछी मेरो साथीको भेरिफाईड भयो, आईडी नम्बर पनि प्राप्त भयो तर मेरो भेरिफाईड भएन् ! केहि दिन पछी मैले व्यक्तिगत बिबरण भरेको र भेरिफाईड नभएको व्यहोरा सहितको ईमेल सम्बन्धित निकायमा पठाए । त्यसपछि पनि मेरो व्यक्तिगत बिबरण न भेरिफाईड भयो न ईमेलको रिप्लाई नै आयो । अनि मैले त्यसमा धेरै चासो लिन्न छोडदिए किनभने आफुलाई कुनै पदको लागि निर्बाचनमा भाग लिने ईच्छा पनि थिएँन । अरु साथीहरुको भनाई अनुसार गैरआवासीय नेपाली संघ दक्षिण कोरिया राष्ट्रिय महाधिवेशनमा नेपाल भन्दा पनि बढी राजनीति हुन्छ रे । नेपालमा राजनीति मात्रै हुन्छ तर दक्षिण कोरियामा राजनीतिमा पनि पोलिटिक्स हुन्छ रे । आफु लाई त न राजनीतिमा ईच्छा छ न त पोलिटिक्स मा । त्यसैले धन्यबाद सहित अझै “स्मार्ट एन-आर-एन-ए” मोबाईल एप भेरिफाईड हुने प्रतिक्षामा छु ।
देब कुमार शाह
बिध्याबारिधि अध्ययनरत बिद्यार्थी
छोनबुक राष्ट्रिय बिश्वबिद्यालय
छन्जु, दक्षिण कोरिया